के राष्ट्रियता सरकारले ओड्ने छाता मात्रै हो ?
निर कुमार सम्वाहाम्फे, सभापति नेपाल जनसभा पार्टी ।काठमाडौं । संविधान बन्ने या नब्न्ने भन्ने अवस्थामा मुलुक लामो समय सम्म अन्योलग्रस्त बन्यो । पहिलो संविधानसभाको विघटन पछि पून दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गरियो र सोही संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो ।
संविधान जारी हुनु अपरिहार्य र देशको आवश्यकता थियो । तर संविधान जारी हुने वित्तिकै मुलुकमा अर्को प्रतिकुलता पनि निम्तीयो नाकाबन्दीको संविधान बन्नासाथ नाकाबन्दीपनि शुरु भयो । मधेशी, जनजाती र दलितहरुको आन्दोलन चरम रुपमा बढ्यो । एक प्रकारले ऐतिहासिक रुपमा भयावह अवस्थाको सृजना भयो । जनताको जनजिविका र दैनन्दिन आवश्कता माथि गम्भीर संकट भयो । त्यसैले त महाभूकम्पको, कारण थिलथिलो भएको सामाजिक–आर्थिक संरचना पूनः आज पनि जारी संविधान प्रति अविश्वास र विरुद्धामा आन्दोलन चलिरहेको छ । संविधान जारी भएपछि नेपाली राष्ट्रियताको वहस चर्को बन्यो । यहि विषयलाई लिएर नेपाल जनसभा पाटीका सभापती निर कुमार साम्वाहाम्फेसँग गरिएको कुराकानी:
संविधान त जारी भयो तर कार्यान्वयन होला त ?
-अहिले ख्याल गर्नुहोस् दुइवटा मुख्य चुनौतिहरु देख्छु म । पहिलो संविधान संशोधनको विषय अत्यन्त जटिल छ । आजको मुख्य प्रवल बहस यसैमा निहित छ । दोस्रो मुलुकको परिवर्तित अवस्था अनुरुप कार्यान्वयनमा सहजीकरणको समस्या आन्दोलनकारी शक्तिहरुको माग अनुरुप संविधान संशोधन गर्न निकै सकसपूर्ण अवस्था छ । संघीयता यसको सिमांकन र नामांकनको विषयमा संशोधन गर्ने सन्दर्भ त्यती सहज छैन । धर्म सापेक्षता र निरपेक्षताको विषय पनि उठिरहेको छ । यी विवादास्पद र जटिल विषयहरु टुंगोमा नपुगुञ्जेलसम्म संविधान कार्यालयन गर्न मिल्दैन । त्यसकार संविधानमा संशोधन गरिनुपर्ने विषयहरुमा नै गहिराइपूर्वक ध्यान दिनु पर्ने आवश्यकता छ । त्यसो हो भने सहजतापूर्वक कार्यान्वयन गर्न सकिन्छ । नसकिने अवस्था होइन ।
तपाईंले उठाएको राष्ट्रियताको विषय र वर्तमान सरकारले उठाएको राष्ट्रियता कस्तो हो ?
-मैले अघि पनि भने संविधान निर्माण पछि नाकाबन्दी भयो । हामीले काठमाडौमा खाना पकाउन खाउरा बाल्यौं । गाडी चलाउन इन्धन भएन सडक रित्तो भयो । कालाबजारी, भ्रष्टाचार र कमिशन संस्थागत रुपमा मौलायो र जनजीवन कहालीलाग्दो भयो । त्यो वेला हामीसँग राष्ट्रियता को जो नारा उठ्यो त्त्यसले भोक र मन शान्त पारियो । तर त्यो नारा मात्र भयो तर वास्तवमा राष्ट्रियतालाई जीवन्त बनाउने आधार संरचना कतै तया भएन । जस्का कारण यो सरकार बडो मजाले राष्ट्रियताको छाता ओडेर बस्यो राष्ट्रियता सरकारले ओढ्ने छाता मात्र हो ?
यसको अर्थ राष्ट्रिष्यता विषयमा कुनै काम भएन ?
-आधारभूत रुपमा भएन । संविधान जारी भयो तर विरुद्धमा आन्दोलन भयो जन आक्रोश र असन्तुष्टी कायम छ ।मोर्चागत रुपमा आन्दोलन जारी छ । जन आवाज विभाजीत छनु । मुठभेड र अराजकता बढिरहेको छ । यस्ता कुराले राष्ट्रियतालाई सुढृढ गराउन कदापी सक्दैन बरु झन कमजोर बनाउँछ । सम्पूर्ण नेपालीहरुको समृद्ध पूर्ण एकताको भावना विना राष्ट्रियता बलिाये हुँदैन ।
यस्तो अवस्था कसरी भयो भन्ने लाग्छ ?
-नेपाली जनताको वीचमा विभाजनको रेखा केरियो । उत्पीडित, जनजाति,दलित, मधेशी जस्ता नामाकरणलाई अतिरञ्जित ढंगले राज्य दिने सम्मको आश्वासन बाँड्ने काम भयो र र जनताको मनोभावनालाई अतिरञ्ति र उत्तेजित पार्ने कार्य गरियो राजनैतिक दलहरुबाट र त्यो आश्वासनलाई पुरा गर्नु पर्ने वेलामा भाग्नुपर्ने र अनुत्तरदायी हुनु पर्ने अवस्था निर्माण भएको छ । यो सम्पूर्ण विषय नेपाली जनतालार्य सत्ता र सरकारको प्राप्तीको निमित्त उपभोग गरिने साधन बनाउने दुरासयबाट प्रभावित भएको देखिन्छ । अर्को महत्वपूर्ण विषय दलहरुले राजनैतिक सत्तालाई नै सर्वोपरी ठान्ने काम गरे यो गलत थियो । सत्ता राजनैतिक मात्र हुन्न सांस्कृतिक र सामाजिक सत्ता पनि हुन्छ । राजनैतिक सत्ता भन्दा बलियो सामाजिक सत्ता हो र सामाजिक सत्ता भन्दा पनि बलियो संस्कृतिक सत्ता हुन्छ यो अभेद्य हुन्छ भन्ने कुरालाई हेक्का राखेनन् जस्को कारण आज यो दुर्गतीपूर्ण अवस्थामा फसिरहेका छन् ।
राजनैतिक दल नेताहरुले भाग्नु पर्ने अवस्था सृजना भएको हो र ?
-किन होइन भागी रहेका छन् । आफूले उठाएका कुराहरु खोइ कहाँ दिनसके । आज जनता एकातिर, नेता एकातिर र दलहरु विखण्डनतीर लागि रहेका छन् । समग्रमा जनता विचल्लीमा परेका छन् । त्यसले गर्दा नयाँ चरणको नयाँ खाले विद्रोहको स्थिति पैदा भएको छ। निः सन्देह नयाँ खालको नै व्यवस्थापनको विधि अपनाइएन भने संकट उत्पन्न जरुर हुनेछ ।
तपाईले भने जस्तै नयाँ खाले विद्रोह भन्नाले ?
-संविधान बने पनि असन्तुष्टी कायम छ । त्यसभित्रका विभिन्न बुँदाहरुप्रति कमेन्ट छ । यस्ले अवश्य पनि विद्रोहको विजारोपण साथ साथै गरेको छ ।यो गम्भिर र चुनौतिपूर्ण छ । जसरी भएपनि एकथान संविधान जारी ग¥यौं भनेर मुक्तिको श्वास फेर्ने र गमक्क पर्ने कुरा यौटा भयो । होला, त्यसैले आधारमा अवको बाटो आर्थिक समृद्धिको हो भन्ने सुगा रटानले विद्रोहको आगो निभाउने तागत राख्छ भन्ने विषयमा म विश्वास राख्नि । पछिल्लो अवस्थामा बहुतै फस्टाएको आर्थिक समृद्धिाको विषयबच्चाको लालिपप बाहेक केही होइन । तपाईले देख्नु भएको छ । यहाँ निषेध र बञ्चितिकरणको राजनीति शुरु भएको छ । यो लोकतन्त्रको अपमान हो ।
नयाँ विद्रोह या नयाँ विकल्प, या नया शक्तिका कुरा आइरहेका छन् नी ?
-हो, निश्चय पनि इतिहासको कार्यभार निरन्तर अगाडि बढिरहन्छ । हाम्रो मूलकमा हरेक नागरिक नेपाली छन् । सबैको समान हक र उत्तरदायित्व यो अपिरिहार्य आवश्यकता हो । मुलुकप्रतिको कर्तव्य र जिम्मेवारीबाट कोही पनि चुक्नु हुँदैन । यदित्यसो हो भने हामी सबै नेपाली भन्ने रेफरेन्सबाट दृष्टि निर्माण गर्नुपर्दछ । मैले भनिसके निषेध र बञ्चीत गर्ने तवर र शैलीले ठाउँ पाउन थाल्यो भने त्यहाँ के हुन्छ ? उही विद्रोह, विकल्पको खोजी हैन र ! आज मुलुक यो अवस्थासम्म पुग्यो गलत भएको ठाउँमा सच्याउँदै जानुपर्ने र नयाँ अवस्थाको निर्माण गर्नुपर्ने जिम्मेवारी अव काँधमा आएको छ । बैठीक भएको छ, कुनै गलत अब बाँकी छैन भन्ने मनोदशाले जनतामाथि शासकीय दण्ड प्रहार गरियो भने सहेर बस्लान त जानताले ? अझै पनि जनाधिकारको लडाई ज्यूँका त्यू छ । नेतृत्व र शासक परिवर्तन भएको छ । होडिङ्ग बोर्ड र व्यालर फेरियो । तर जनस्तरमा कुनै परिवर्तन छैन । ठोस काम सम्पन्न भएको छैन । यसकारण पुराना राजनजैतिक सत्ताधारी जो दलहरु छन् त्यस्ले एक प्रकारको स्वभाविक निरन्तरता दिन सक्छन् तर परिवर्तन र गतिलाई थप परिमार्जन गरेर जान सक्दैनन् । त्यसै कारण उनीहरुले प्रस्तुत गरेको सवाल र सन्दर्भहरुले अबको राजनैतिक समस्याहरुलाई सम्बोधन गर्न सक्तैनन् । नयाँ ढंगबाट विकसित राजनैतिक मुद्दाहरुलाई अंगिकार गर्न सक्तैनन् । यदि समय सान्दर्भिक विषयहरुलाई फेरि पनि छोड्नु भनेको नयाँ विद्रोहको सृजना हुनु नै हो । र नयाँ विद्रोहले नयाँ विकल्पको खोजी गर्दछ ।
त्यस्ता कुन मुद्दाहरु हुन जो अंगीकार गर्न सकिएका छैन ?
-आज पनि जनतामा शंका कायम छन् । संविधान संशोधनको सवालमा । लगतै अर्को समस्य तुरुन्त आउनेछ, संविधान कार्यान्वयनको । संघियताको विषयमा अर्को ज्वलन्त समस्या देखिरहेको अवस्था छ । त्यसमाथि बाध्य शक्तिको चलखेल र त्यसको व्यवस्थापन गर्न कुटनैतिक पहलकदमीको चुनौती छन् । मुलुकको विशिष्टता र मौलिकताको आधारमा राज्यको व्यवस्थापन गर्ने अभिाराहरु छन् । प्रजातन्त्र भनौं या लोकतन्त्रको मूल्य र मान्यताहरुलाई मर्यादित गर्ने विषयहरु गम्भिर मुद्दाहरु हुन् । यसका अलावा राष्ट्रियता र समृद्धीका मुद्दाहरु पनि छन् । जसलाई सटिक र सहज आत्मसात गरेर अघि बढ्न बस्ने औकात मैले महशुस गरेको छैन ।
यस्को कारण के होला त ?
विश्वासको आधारहरुको समाप्त हक नै हो । तपाईले नै उठाउनु भएको नयाँ विकल्पले पनि त्यही पुष्टी गर्छ । आम नेपाली जनताले मनमा राखेको तर अहिले सम्म फेला नपरेको चिज हो नयाँ विकल्प ।
आजसम्म आइपुग्दा थुप्रै शक्तिहरु आफूलाई बैकल्पीक शक्ति नयाँ शक्ति भन्दै घोषणा गरिएका छन् के लाग्छ तपाईको विचारमा ?
-समयक्रममा स्वभाविक रुपमा यस्ता घटनाहरु सृजीत हुन्छन् तर बस्तुत ती घटना–परिघटनालाई गहिराइपूर्वक नियाल्नु पर्दछ । यसरी हेर्दा हिजोको संवैधानिक राजन्त्रात्मक व्यवस्थाको रुपान्तरण भई संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा प्रवेश गरेको अवस्था हो । यो दृष्टिकोणले मापन गर्दा इतिहासको एउटा अध्याय समाप्त भएर अर्को अध्यायमा प्रवेश गरेको प्रष्ट हुन्छ । यो अध्याय रुपान्तरणमा स्वभाविक रुपमा शक्ति केन्द्रहरुको भूमिका र शैलीमा पनि अवश्यंभावी रुपान्तरण
हुन्छ । हामीले विचार गर्नुपर्ने विषय भनेको रुपान्तरणको क्रममा इंगीत गरिएको चरित्रलाई गहिराइपूर्वक नियाल्नु पर्ने हुन्छ । त्यसमा एउटा वास्तवमा परिवर्तित अवस्थालाई मध्यनजर गरी व्यवस्था अनुकुलको शक्तिकेन्द्र बन्ने अर्थात् साँचीकै आमजन भावनालार्य कदर गर्दै वास्तविक शक्ति निर्माण गर्ने र अर्को सत्ताकेन्द्रीत मनोभावनाबाट उत्प्रेरित भई यथास्थितिवादको सत्ता राजनीति कायम राख्ने र राजनैतिक परिवर्तनको औचित्यता समाप्त भएको प्रतित गराइरहने दुई प्रवृतिहरु मुलतः देखा परेका छन् भने तेस्रो यो विचको अन्तराललार्य अवसरको रुपमा प्रयोग गरी शक्ति केन्द्रको अभ्यास गर्ने प्रवृति मात्र प्रवृति हुने गर्छ यी तीन शक्तिहरु मध्ये पहिलो शक्ति नै मुख्य शक्ति हो र त्यसलाई नै सबै खालका मुद्दाहरुलाई सम्बोधन गर्न सक्ने क्षमता राख्दछ । यो आधारमा थुप्रै खालका शक्तिहरुलाई कुन मार्कामा राखेर पर्गेल्ने हो । त्यसका आधारमा नै मुख्य वैकल्पिक शक्तिको पहिचान गर्न सकिन्छ ।
तपाईहरुले चाहेको शक्ति कुन हो ?
-आमजनताको मनोभावना जो परिवर्तन सित एकाकार हुँदो सम्पूर्णलाई उदारतापूर्वक समेट्दै अगाडि बढ्ने ध्येय राख्दछ त्यो शक्ति हामीले चाहेको शक्ति हो । जो सत्ताकेन्द्रीत राजनीतिबाट प्रभावीत हुँदै । जनभावना केन्द्रीत राजनीतिबाट प्रभावित भएको हुन्छ । यो नयाँ ढंगको विचार प्रवाहसँगै नयाँ नेतृत्व र नयाँ आन्दोलनको रुपमा राष्ट्रिय बहस छेइदै अगी बढ्दछ । खास गरी आज बहसमा बाम प्रजातान्त्रिक शक्तिको रुपमा यो देखा परेको छ । तर यो शब्दजालमा कतिमाछा पर्छ आफ्नो ठाउँमा छ तर यो शक्ति मुख्य शक्ति हुन् सक्तैन । मुख्य शक्ति आन्दोलनको चरित्रसित सम्बन्धित छ । हाममीले चाहेको शक्ति उदार प्रजातन्त्र र समाजवादमा विश्वास राख्दछ जस्ले सबै नेपाली नागरिकलाई सहभागी र एकाकार भावमा समेट्दछ । कसैको उपेक्षा गर्दैन । वाम प्रजातान्त्रिकक शक्तिको रुपमा जो देखा पर्दछ त्यस्तो राजकीय अवसरवादको खोजी गर्दछ किनकी यो वाम स्खलित शक्ति हो ।
तपाईले समाजवादको कुरा गर्नु भयो नेपाल समाजमा समाजवादको स्वरुपलाई कसरी व्याख्या गर्नु हुन्छ ?
-समाज परिवर्तनशील छ र गतिशील छ यो समाजको चरित्र हो । नेपाली समाजले आजका अवस्थामा आइपुग्दा विभिन्न चरण पार गरेको छ । श्रमको प्रमुख हुने चरण, भूमिको प्रमुत्व हुने चरणको अन्त्य गर्दै आज पुँजको प्रभुत्वमा केन्द्रित छौं । यसमानेमा हाम्रो समाज आजको चरणमा पुग्दा औद्योगीक पुँजीवादी युगमा पुगेका अवस्था हो । हाम्रो अवको बाटो समाजवादी दिशामा प्रवेश गर्ने नै हो जस्मा हाम्रो सामाजिक अर्थ व्यवस्थालाई उदारतापूर्वक निर्देश्रीत गर्ने ढाँचामा ढाल्नुपर्दछ । जस्ले हाम्रो नेपाली विशिष्टतालाई आत्मासात गराएर नेपाली समाजको चरित्र अनुरुपको राज्य व्यवस्था निर्माणमा टेवा पु¥याउँदछ ।
अन्तमा केही भनाइहरु छन् की ?
-मूलतः हामी सम्पूर्ण नेपाली जनताले आजको अवस्थामा राष्ट्रिय एकता र स्वाधिनताको लडाई लड्नु नै छ त्यस्का लागि मुलुकको आन्तरिक व्यवस्थापनलाई सुद्धढ र गतिशील बनाउनु पर्दछ । यसका लागि सबैखाले आधार र उपायहरुलार्य अवलम्वन गरी उचित कदम चालनुपर्दछ । नेपाल र नेपाली जनताको समृद्धि हाम्रो पहिलो शर्त हो । - See more at: http://readerskhabar.com/viewdetail.php?id=142#sthash.RxFbJlaI.PT1E7qZ9.dpuf - See more at: http://readerskhabar.com/viewdetail.php?id=142#sthash.RxFbJlaI.PT1E7qZ9.dpuf - See more at: http://readerskhabar.com/viewdetail.php?id=142#sthash.RxFbJlaI.PT1E7qZ9.dpuf